Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको 'ग्रिन सिग्नल' ले बढ्यो पुँजी बजार,परिसूचक ८३ अंकले बढ्दा १० अर्ब ९२ करोडको कारोबार

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, १५ : ०८ मा प्रकाशित

अर्थमन्त्रीको 'ग्रिन सिग्नल' ले बढ्यो पुँजी बजार,परिसूचक ८३ अंकले बढ्दा १० अर्ब ९२ करोडको कारोबार

लामो समयको अन्योल र निराशालाई चिर्दै सोमबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेदेखि पुँजी बजारका मुद्दामा साधेको 'मौनता' तोड्दै पहिलोपटक सकारात्मक अभिव्यक्ति दिएसँगै बजारमा रौनकता फर्किएको हो।

अर्थमन्त्रीको स्पष्ट नीतिगत मार्गचित्र र लगानीकर्तालाई आश्वस्त पार्ने शैलीले थलिएको बजारमा 'अक्सिजन'को काम गरेको छ। यसले लगानीकर्ताको खस्किएको मनोबल पुनः फर्किएको संकेत गर्दछ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८३.३३ अकंले बढेर २७६०.०२ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको २ करोड ५१ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९२ करोडको कारोबार भएको छ । आज १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको ३.१८ प्रतिशत, विकास बैंक समूहको ३.६३ प्रतिशत, फाइनान्स समूहको ४.०३ प्रतिशतले सेयरमूल्य बढेको छ ।

सोमबार २६४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ ।  आज १० वटा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर र नेसनल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढ्दा बाँकी ६ कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीले बढेर सकारात्मक सर्किट लागेको हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको