Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सरकार बनेपछि पुँजी बजार घटेको भन्दै लगानीकर्ताद्वारा सिहंदरबार पुगेर विरोध

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, १६ : ३५ मा प्रकाशित

नयाँ सरकार बनेपछि पुँजी बजार घटेको भन्दै लगानीकर्ताद्वारा सिहंदरबार पुगेर विरोध

सेयर बजारमा लगातारको गिरावट पछि लगानीकर्ताहरु विरोधमा उत्रिएका छन् । लगातारको गिरावटले तनावग्रस्त बनेका लगानीकर्ता आइतबार आक्रोशित रूपमा सिंहदरबार पुगेका हुन् । 

बजारमा भएको तीव्र गिरावटले अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा परेपछि त्यसको समाधान खोज्न सरकारसँग प्रत्यक्ष संवाद गर्न लगानीकर्ताहरू सिंहदरबारको पूर्वी गेट पुगेका थिए । उनीहरूले प्रतिनिधिमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले नेतृत्वको टोलीसँग भेट गरी आफ्ना माग र समस्याहरू राख्ने योजना बनाएका थिए ।

तर, सिंहदरबार क्षेत्र निषेधित क्षेत्र भएको भन्दै प्रहरीले उनीहरूलाई प्रवेश गर्न दिएन । प्रारम्भमा सामान्य रूपमा रोकेको प्रहरीले लगानीकर्ताहरूको भीड बढ्दै जाँदा र आक्रोश चर्किँदै गएपछि सो क्षेत्रबाट लखेटिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको