Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो : १०५ अंकले घट्दा डुबे लगानीकर्ता,किन अनिश्चित भयो बजार ?

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, १५ : ०१ मा प्रकाशित

सेयर बजारमा पहिरो : १०५ अंकले घट्दा डुबे लगानीकर्ता,किन अनिश्चित भयो बजार ?

आइतबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आज सेयर बजारमा शतकीय गिराट आएको छ । आज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.७९ प्रतिशतले कम हो । 

आज सेयर बजारमा २६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १५.६२ अंकले घटेर ४५७.६१ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । 

१०० अंक भन्दा बढीको गिरावट आएको दिन बजारमा १२ अर्ब माथिको कारोबार भएको छ । आज ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर १ लाख ४१ हजार ३६ पटक खरिद बिक्री हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँको कारोबार भएको छ । 

आज सेयर बजारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको