Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार बिदा दिने सरकारको निर्णय : शुक्रबार पनि सेयर कारोबार खोल्ने नेप्सेको निर्णय

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, ०८ : ५९ मा प्रकाशित

आइतबार बिदा दिने सरकारको निर्णय : शुक्रबार पनि सेयर कारोबार खोल्ने नेप्सेको निर्णय

अब देखि शुक्रबार पनि सेयर कारोबार खुला रहने भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । 

आइतबार मात्रै सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेप्से सञ्चालक समितिको बैठकले साताको ५ दिन कारोबार गर्ने सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको जनाएको छ । अबदेखि आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ ।

नेप्से सञ्चालक समितिको बैठकले शुक्रबार पनि सेयर कारोबार खोल्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईले जानकारी दिए । नेप्सेले शुक्रबार कारोबार खोल्न लागेको यो पहिलो पटक भने होइन । यसअघि पनि सरकारले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको