अर्थ संसार, काठमाडौं –बुधवार एक जलविद्युत कमपनी सहित दुई विकास बैंकले विशेष साधारण सभा गर्ने भएका छन् ।
नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक, काबेली विकास बैंक र सप्तकोशी डेभलपमेण्टले विशेष साधारण सभा गर्ने भएका हुन् । यी तीन ओटै कम्पनीको सभामा लाभांश भने प्रस्ताव गरिएको छैन ।
नेपाल हाइड्रो इलेक्ट्रिकले वार्षिक प्रतिवेदन पारित र लेखा परीक्षक नियुक्तीको प्रस्ताव अघि सारेको छ भने काबेली र सप्तकोशी बैंकले एक अर्कासँग मर्जरमा जाने प्रस्तावलाई विशेष प्रस्ताव बनाएका छन् । काबेलीले धनकुटामा, सप्तकोशीले विराटनगरमा र नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले बुटवलमा सभा गर्दैछन् । तीनओटै कम्पनीले बिहान ११ बजे सभा शुरु गर्ने सूचनामा उल्लेख गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस