अर्थ संसार, काठमाडौं–राम प्रसादखत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजनातथा खप्तड छान्ना गाउँपालिका र नेशनललाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं. ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने श्री दुर्गा महालिङ्गमा .बि.को भवनमा मंगलबार र बुधबार  निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
  उक्त शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रा.ली, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल प्रा.ली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रा लि का चिकित्सकहरुको संयुक्त टोलिले सेवा प्रदान गरेको थियो । ७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सातर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखातर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएको मासो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोति बिन्दु अप्रेशन, ५३ जनाको दांतहालेको, १०८ जनाको दांत निकालेको बताइएका छन् ।
सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो । यस राम प्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवाका कार्यक्रमगर्दै आएको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस