Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको अधिकांश सूचकमा चमक

बुधबार, ०४ बैशाख २०७६, ११ : १९ मा प्रकाशित

लक्ष्मी लघुवित्तको अधिकांश सूचकमा  चमक

अर्थ संसार, काठमाण्डौ - लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७ करोड ९१ लाख मुनाफा कमाएको छ । जुन अघिल्लो बर्ष सोही अवधिमा  ६ करोड ६६ लाख मुनाफा कामाएको थियो ।

अघिल्लो वर्ष १७ करोड ६० लाखमा सीमित खूद ब्याज आम्दानी २१ करोड ४२ लाखको  उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा लक्ष्मी लघुवित्तले १ अर्ब १८ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ८६ करोड सापटी लिई ३ अर्ब ३७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८६ करोड ८० लाख निक्षेप संकलन गरी तथा १ अर्ब ५६ करोड सापटी लिएर २ अर्ब ५९ करोड बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष यही अवधिमा १७ करोड ८१ लाखमा सीमित रिजर्ब बढेर यो वर्ष २१ करोड ३७ लाखको उचाईमा पुगेको छ भने १.२१ प्रतिशतमा सीमित खराब कर्जा भने बढेर १.३७ प्रतिशतको अनुपातमा पुगेको छ ।

समीक्षा अवधिमा लक्ष्मीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४३.६१ रुपैयाँको उचाईमा पुगेको छ, यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १८.८५ प्रतिशतले बढी हो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १८८.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.६६ गुणा कायम भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको