Like us!
Follow us!
Connect us!
Watch us!

झुमा २ , टिक टक क्विन जुम्ल्याहा दिदि बहिनी सँग प्रमोद र पलको अभिनय

शनिबार, ०७ बैशाख २०७६, १० : २६ मा प्रकाशित

दीपकको निर्देशनमा पल, प्रमोद, प्रिन्सी प्रिज्माको भिडियो यस्तो बन्यो

अर्थ संसार, काठमाडौं– गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ।

गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्य टेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका छन्। हिमान्सु राइमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभ्म भुजेलले कोरियोग्राफी गरेका छन्। सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको भिडियोलाई दिक्षा क्रियसनले बजारमा ल्याएको हो।

गीत झुमाको भाग २ हो या के हो भन्ने सन्दर्भममा गायक प्रमोद खरेल भन्छन्, ‘यस गीतमा झुमा झुमा भन्ने शब्द मात्रै दोहोरिएको हो। यसका रचनाकार तथा संगीतकार सबै फरक भएकोले यसलाई झुमा २ भन्न मिल्दैन होला। तर दर्शकले यसलाई झुमा २ नै भन्नु हुन्छ होला। ’

गायक प्रमोद खरेल र नायक पल शाह संग अभिनय गरेका प्रिन्सि र प्रिज्माले आफूहरु निकै भाग्यमानी भएको भन्दै गीत छायाँकन गर्दा रमाइलो भएको अनुभव साटेका छन्। गीत सार्वजनिक भएपछि निर्देशक दीपक आचार्यले यस अघि पनि प्रमोद खरेलको चर्चित गीत चल बतास चल निर्देशन गरेको हिसाबले दोस्रो पटक काम गर्दा खुशी लागेको बताए। सार्वजनिक भएको गीतलाई आफ्नो यसअघिको कामलाई जस्तै गरी माया गर्ने विश्वास व्यक्त गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको