Like us!
Follow us!
Connect us!
Watch us!

बजेट बजारमैत्री आयो, अब पुँजी बजार बढ्छ - छोटेलाल रौनियार

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १८ : ५१ मा प्रकाशित

बजेट बजारमैत्री आयो, अब पुँजी बजार बढ्छ - छोटेलाल रौनियार

लगानीकर्ता तथा इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले पुँजी बजारका लागि धेरै राम्रो आएको बताएका छन् । बजेट पछि अर्थसंसारसँग कुरा गर्दै उनले बजेट राम्रो आएको बताएका हुन् । 

लामो समय देखि लगानीकर्ताले बुझाउँदै आएको पुँजीगत लाभकरलाई अन्तिम कर मान्ने, गैर आवासिय नेपालीलाई पुँजी बजारमा सहभागि गराउने देखि केही सरकारी कम्पनीको सेयर सर्वसाधारणमा ल्याउने कुराले बजारमा सकारात्मक उर्जा दिने उनले बताए । कार्यान्वयनमा गारो भए पनि करिब दुई तिहाइको सरकार भएकाले कार्यान्वयन हुने र प्रतिफल देखिने रौनियारको भनाइ छ । 

बजेट पछिको खुल्ने बजारमा सकारात्मक प्रभाव देखिने उनको विश्वास छ । व्यक्तिगत रुपमा १० लाखसम्मको आम्दानीमा कर नलाग्ने कुराले पनि बजारमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको