अर्थ संसार, काठमाडौं– अजोड इन्स्योरेन्सले दाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। तुलसीपुर उप महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्सका सञ्चालक समितिका सञ्चालक राम बहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उक्त अवसरमा अजोड इन्स्योरेन्सका दाङ्ग शाखा प्रमुख शिशिर कुमार लामिछानेबाट स्वागतमन्तव्य व्यक्तगर्नु भएको थियो । कार्यक्रममा विशिष्ट व्यक्तिहरु सहित कम्पनीका कर्मचारी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई समापन गर्दै यस कार्यक्रमका सभापति तथा यस संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु  भएको थियो ।
 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस