नवीन चौहान निर्देशित चलचित्र ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ । यो चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको हो ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । नवीन चौहानको निर्देशन रहेको यस चलचित्रमा विपिन कार्की र मिरुना मगरले मुख्य भूमिका निभाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस