Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको उतारचढाव ‘मनोवैज्ञानिक त्रास’ को परिणाम हो : अर्थमन्त्री वाग्ले

अर्थ संसार

शुक्रबार, ०५ असार २०८३, १३ : ४३ मा प्रकाशित

सेयर बजारको उतारचढाव ‘मनोवैज्ञानिक त्रास’ को परिणाम हो  : अर्थमन्त्री वाग्ले

पछिल्लो समय सेयर बजारको गिरावट मनोवैज्ञानिक त्रासले उत्पन्न भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै उनले बजारको उतारचढाव मनोवैज्ञानिक त्रास भएको बताएका हुन् । 

पछिल्लो समय अनुसन्धान तथा कानुनी कारबाहीको प्रभावले गर्दा पुँजी बजार घटेको उनको भनाइ छ । सेयर बजारको दीर्घकालीन स्थायित्व सरकारको प्राथमिकता हो । तर, अहिले बजार घट्नुको कारण मनोवैज्ञानिक त्रास मात्रै हो,’ उनले भने । अर्थमन्त्री वाग्लेले अहिले १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित विभिन्न मुद्दा अघि बढिरहेको र यसको केन्द्रमा पुँजी बजार तथा बीमा क्षेत्र रहेको पनि बताए । यहि मुद्दाका काराण केही लगानीकर्तामा ‘म पनि अनुसन्धानमा पर्छु कि’ भन्ने मनोवैज्ञानिक त्रास सिर्जना गरेको उनको भनाइ छ । 

‘सरकार एक–एक घण्टाको बजार उतारचढाव हेरेर नीति बनाउँदैन । हामी दीर्घकालीन रूपमा बजारलाई पारदर्शी र स्थिर बनाउन काम गरिरहेका छौँ,’ उनले भने । अर्थमन्त्री वाग्लेले कर प्रणालीमा सुधार सुरु भएको दाबी गर्दै व्यक्तिगत आयकर दर घटाइएको, शिक्षा र विद्युत् क्षेत्रमा लक्षित कर नीति ल्याइएको तथा अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिकीकरण गर्ने योजना रहेको बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको