एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लिभरपुललाई सेमिफाइनलको पहिलो लेगमा फराकिलो अन्तरले पराजित गरेको छ । फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेज चलेपछि बार्सिलोना ३-० ले विजयी रह्यो ।
खेलको २६ औं मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डि अल्बाको लो क्रसलाई पोस्टको दिशा दिँदै गोल गर्न सफल भए । लिभरपुलले पनि पहिलो हाफमा बराबरीको अवसर पाएको थियो तर गोलरक्षक टेर स्टेगन त्यसमा बाधक बनिरहे ।
दोस्रो हाफमा बार्सिलोनाका कप्तान मेस्सीले दुई गोल थपे । सुआरेजको प्रहार पोस्टमा लागेर फर्केपछि ७५ अौं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । त्यसको ७ मिनेटपछि मेस्सीले झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा सिधै गोल गर्दै फराकिलो जित पक्का गरे । अन्तिम समयमा लिभरपुलका मोहमद सलाहको प्रहार पोस्टमा लागेर फर्केपछि लिभरपुल ३(० ले नै पराजित भयो ।
दोस्रो लेगको खेल अर्को साता लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस