Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको ऋणपत्रमा लगानी गर्ने आज अन्तिम मौका

विहीबार, १९ बैशाख २०७६, १२ : ४५ मा प्रकाशित

सनराइज बैंकको ऋणपत्रमा लगानी गर्ने आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं -सनराइज बैंकले आजदेखि एक अर्क बराबरको १० लाख इकाई ऋणपत्रको बिक्री बन्द गर्ने भएको छ  । बैंकले २०७५ चैत्र २० गतेदेखि ७६ वैशाख १९ गतेसम्मका लागि उक्त ऋणपत्र जारी गरेको थियो । यो ऋणपत्रमा लगानीकर्ताले आज बैकिङ्ग समयसम्ममा आवेदन दिन सक्नेछन् । 

बैंकले ऋणपत्र बिक्री गरेको सूचना प्रकाशित गर्दै निष्काशन कार्यमा संलग्न सम्पुर्ण संकलन केन्द्रहरु, आस्वा सदस्य र बैंक तथा वित्तीय संस्थाहरुले उक्त सूचनालाई आधार मानि दरखास्तसाथ रकम बुझिलिने कार्य बन्द गर्न आग्रह गरेको छ ।

बैंकले पाँच वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र जारी गरेको थियो । जसमा प्रति इकाई एक हजार रुपियाँका दरले न्युनतम २५ देखि अधिकतम चार लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको थियो । 

बैंकले जारी गरेको कुल ऋणपत्रको चार लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउन व्यस्था गरेको थियो  । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार युनिट समेत थप गरी सर्वसाधारणलाई बिक्री गरेको हो । 
 

5cca95b20e7d4.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको