अर्थ संसार, – काठमाडौं पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्मामाथि भएको अभद्र एवं अमानवीय व्यवहारले पोखरा विश्वविद्यालय परिवार स्तब्ध भएको छ ।
विद्याालयका रजिस्ट्रार गोबिन्द प्रसाद शर्माले प्रेस विज्ञप्ति जारी गर्दै २०७६ वैशाख १७ गते मंगलबार दिउँसो काठमाडौंको चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको एउटा समूहले उनीमाथि भएको अमानवीय व्यवहारले सिङ्गो विश्वविद्यालय र शैक्षिक क्षेत्रको अपमान भएको भन्दै उक्त विद्याालयप्रति दुख व्यक्त गरे ।
प्राध्यापक शर्मामाथि भएको यस्तो अपराधिक घटना कानुनी राज्यमाथिको ठुलो चुनौती भएको ठहर गर्दै उनले यस घटनामा संलग्न व्यक्तिहरुको अविलम्ब परिचय गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न विश्वविद्यालय परिवार र नेपाल सरमार समक्ष आग्रह गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस