अर्थ संसार, काठमाडौं–स्टील ईण्डष्ट्रिज लिमिटेडले हावाहुरीले क्षतिग्रत विद्यालयलाई सहयोग गरेको छ । गत साल चैत्र महिनामा गएको विनाशकारी हावाहुरीले नेपालको बाराको चैनपुर स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई आवश्यक जस्तापाता र त्यसमा लाग्ने सामग्रीहरु सहयोग गरेको हो ।
हावाहुरीले नेपालको बारा क्षेत्रमा अतुलनीय रुपमाधन–जनको क्षति पुर्याएको थियो । यसै क्रममा उक्तहावाहुरीले बाराको चैनपुर स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको ५ कोठाका जस्तापाता नष्ट गरेकाले विद्यालयको पठन पाठनमा निकै कठिनाई उत्पन्न भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस