Like us!
Follow us!
Connect us!
Watch us!

सुत्केरीपछि महिलाले स्वास्थ्यमा हेलचक्र्याइँ गर्छन् : सर्वेक्षण

विहीबार, २६ बैशाख २०७६, ०६ : ४६ मा प्रकाशित

सुत्केरीपछि महिलाले स्वास्थ्यमा हेलचक्र्याइँ गर्छन् : सर्वेक्षण

अर्थ संसार, वासिङ्टन डिसी- महिलालाई गर्भवती भएका बेला वा गर्भवती हुनुभन्दा अगाडि स्वास्थ्यमा अत्यन्तै ख्याल गर्न आवश्यक पर्ने भन्दै सधैँ सल्लाह दिइन्छ । तर एक सर्वेक्षणले गर्भवती भएका बेला महिलाहरुले स्वास्थ्यमा ख्याल गरे पनि सुत्केरी भएपछि भने धेरै महिलाले स्वास्थ्यमा ख्याल नगर्ने गरेको देखाएको छ ।  

सर्वेक्षणका अनुसार एक चौथाइ महिलाले सुत्केरीपछि आफैले आफैलाई गर्ने हेरचाहमा हेलचक्र्याइँ गरेको पाइएको छ । 

सर्वेक्षणकर्ताहरुले झण्डै ४० प्रतिशत सुत्केरी महिलाले आफूलाई तनावग्रस्त, पूर्णतया पराजित र बेचैनी महसुस गर्ने गरेको पनि बताएका छन् ।  

ओर्लाण्डो हेल्थ विन्नी पाल्मर अस्पतालले गरेको सर्वेक्षणले यस्तो देखाएको अधिकारीहरुले जनाएका छन् । 

अस्पतालले सार्वजनिक गरेको प्रतिवेदनमा ४५ बर्षभन्दा अगाडि सुत्केरी हुने महिलाले ४५ वर्षभन्दा पछि सुत्केरी हुने महिलामा भन्दा बढी तानव लिने गरेको उल्लेख छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको