च्यम्पियन्स लिग इंग्लिस टोलीले लैजाने पक्का,उपाधिका लागि लिभरपुल र टोटनहाम भिड्ने
विहीबार, २६ बैशाख २०७६, ०८ : ३८
मा प्रकाशित
च्यम्पियन्स लिग फुटबल अन्तर्गत उपाधिका लागि इंग्लिस क्लब लिभरपुल र टोटनहाम भिड्ने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको सेमिफाईनलको दोस्रो लेगमा अयाक्समाथी पुनरागमन जित निकाल्दै टोटनहाम प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
पहिलो लेगमा १-० गोल अन्तरले पछि परेको टोटनहामले दोस्रो लेगमा ३-२ को पुनरागमन जित सहित समग्रहमा ३-३ गोलको बराबरी भएपनि अवे गोलको आधारमा टोटनहाम फाइनल प्रवेश गरेको हो ।
टोटनहामलाई पुनरागमन जित दिलाउन लुकास मौराले ह्याट्रिक गरे । पहिलो हाफमा २-० को अग्रता लिएको घरेलु टोली आयाक्सले अग्रता जोगाउन नसकदा दोस्रो हाफमा तीन गोल खान पुग्यो । खेलको ५ औं मिनेटमा १९ बर्षिया कप्तान डि लेटले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
त्यस्तै ३५ औं मिनेटमा अग्रता दोब्बर पार्यो । साउथह्याम्टनका पुर्व विङ्गर डुसान टाडिसको पासमा हाकिम जियाचले ३५ औ मिनेटमा हाकिम जियाचल गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । तर दोस्रो हाफमा लुकास मौराले ह्याट्रिक गरेपछि टोटनहाम विजयी चभएको हो ।
खेलको ५५ औं मिनेटमा पहिलो गोल गरेका उनले ५९ आंै मिनेटमा दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा लुकासले ह्याट्रिक पुरा गर्दै टोटनहामलाई च्यािम्पियन्स लिगको फाइनलमा प्रवेश गराए । अब टोटनहमले उपाधिका लागि जुन १ मा लिभरपुलँंगको प्रतिस्पर्धा गर्ने छ ।
एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस