Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति माइक्रोफाइनान्समा लगानीको अवसर, क -कसले आवेदन दिन पाउने ?

कमला भुसाल

विहीबार, २६ बैशाख २०७६, ११ : २९ मा प्रकाशित

उन्नति माइक्रोफाइनान्समा लगानीको अवसर, क -कसले आवेदन दिन पाउने ?

अर्थ संसार,काठमाडौं - उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको आज बिहीबार देखि ८ हजार ८९५ कित्ता शेयर लिलामीमा आएको छ। उन्नतिले यसअघि २० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । सोही बेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो ।

सोही बेला बिक्री हुन बाँकी रहेको शेयर अहिले लिलामीमा ल्याइएको हो । कम्पनीले ५ बराबर १ को अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ लाख १ हजार १०५ कित्ता हकप्रद मात्र बाँडफाँट भएको थियो । 

कम्पनीले सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता गरी कुल ८ हजार ८९५ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो।

यस सेयरमा लगानिकर्ताले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने कम्पनीले जनाएको छ। 

 उन्नतिको नेप्सेमा बुधबार प्रतिकित्ता ११ सय ४० रुपैयाँमा अन्तिम सेयर कारोबार भएको छ । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । 

लगानीकर्ताले यो लिलामीमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको