Like us!
Follow us!
Connect us!
Watch us!

रङ्गशाला निर्माण अभियानको सद्भावना दुतमा पारस खड्का र सन्दिप लामिछाने नियुक्त

कमला भुसाल

विहीबार, २६ बैशाख २०७६, १८ : ३९ मा प्रकाशित

रङ्गशाला निर्माण अभियानको सद्भावना दुतमा पारस खड्का र सन्दिप लामिछाने नियुक्त

अर्थ संसार, काठमाडौं - धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरेको छ ।

उक्त अवसरमा रङ्गशाला निर्माण अभियानका लागि फाउण्डेशनले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई सद्भावना दुतका रुपमा समेत नियुक्त गरेको छ ।

तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो भने ४ सदस्य सल्लाहकार समिति र सम्पुर्ण खलकुद संग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने गरी समिति गठन भएको हो ।

सल्लाहकारहरुमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली फुटवलका पूर्व कप्तान राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्व सि.ई.ओ. भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहेका जगत टमाटा समितिमा रहेका छन् । त्यसका साथै यो अभियानको सद्भावना दुतका रुपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दिप लामिछाने रहेका छन् ।

खेलकुद समितिमा हरि खड्का (फुटवल), संगिना बैध (तेक्वान्दो), भरत शाह (भलिवल), बिनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दिपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिवल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (वडि विल्डिङ), शावित्री भण्डारी ‘साम्बा’ (फुटवल), अनिल गुरुङ (फुटवल) र छुम्बी लामा लगायतको समिति रहेको संयोजक बिष्टले बताएका छन् ।

यो अभियानले रङ्गशाला निर्माणको लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाटै आर्थिक संकलन गर्नुपर्ने र एउटा राम्रो सन्देश विश्वभर पुर्याउने कप्तान पारस खड्काले बताए । ‘हाम्रै लागी चलिरहेको यो अभियानमा जोडिन पाउँदा निकै खुसी छु’ उनले भने ‘मैले सुरुवातदेखी नै फाउण्डेशनलाई सहयोग गरिरहेको छु, अझै यो जिम्मेवारीले थप सहयोग गर्न र नेपाललाई विश्वमा चिनाउन मैले र हाम्रो पुरा टिमले सक्ने सहयोग गर्नेछौं ।’

यो अभियानका लागि निर्माण समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्राबिधिक समिति लगायत अन्य समितिहरु पनि गठन भईसकेको अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ‘खेलकुद समिति गठनले थप उर्जा मिलेको र सम्पुर्ण खेलाडीले अपनत्व ग्रहण गरी अभियानमा सक्रिय भएर लाग्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं’ अध्यक्ष कट्टेलले भने ‘यो समितिमा भोलिका दिनमा अझै अरु अनुभवी तथा विज्ञ खेलाडी तथा संघसंस्थाहरुपनी जोडिदै जानुहुनेछ भन्ने कुरामा आशावादी छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको