Like us!
Follow us!
Connect us!
Watch us!

अनुष्काले पहिरिन ‘मिस नेपाल २०१९’को ताज

कमला भुसाल

शुक्रबार, २७ बैशाख २०७६, १० : ५५ मा प्रकाशित

अनुष्काले  पहिरिन ‘मिस नेपाल २०१९’को  ताज

अर्थ संसार, काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्। कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल भएकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौ भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ रु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् । अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

मिस फ्रेन्डसिप विधामा  न्यान्सी बोगटी, मिस ब्यूटिफूल हेयर विधामा मिरा कक्षपति, मिस ग्ल्यामर विधामा रोज लामा, मिस फोटोजेनिक विधामा रोज लामा, मिस इन्टिलेक्चुअल विधामा अनुष्का श्रेष्ठ, मिस न्याचुरल स्किन विधामा जेनी महर्जन, मिस एथेलेटिक्स विधामा प्रदिप्ता अधिकारी, मिस कन्फिडेन्ट विधामा निशा पाठक, मिस पपलुर च्वाइस विधामा रिया बस्नेत, मिस ट्यालेन्ट विधामा प्रदिप्ता अधिकारी, मिस फ्यासिनो विधामा अनुष्का श्रेष्ठ, ब्यूटी विथ दि प्रपोज विधामा निकिता कर्माचार्यले उपाधि जितेका हुन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको