Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तको हकप्रद शेयर निष्कासन, यस्ता छन् आवेदन दिन पाइने ठाउँ

कमला भुसाल

शुक्रबार, २७ बैशाख २०७६, १२ : ४६ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तको हकप्रद शेयर निष्कासन, यस्ता छन् आवेदन दिन पाइने ठाउँ

अर्थ संसार, काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आज शुक्रबार ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । संस्थाले प्रतिशेयर १०० रुपैयाँको दरले  १ बराबर ०.५ को अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

उक्त  हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । उक्त हकप्रद शेयर बिक्री गर्न चैत २९ गते बुक क्लोज भएकले चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
 
यस हकप्रद सेयरमा एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरबार, लगानखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सकिन्छ । यो हकप्रदमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ ।
 
साथै, ग्रामीणको बुटवल, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी कार्यालयबाट आवेदन दिन सकिनेछ । यसको अलावा आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको