Like us!
Follow us!
Connect us!
Watch us!

८६ प्रतिशत लाभांश दिने सगरमाथा इन्सुरेन्सको घोषणा, शेयरधनीको हात पर्ने कहिले ?

कमला भुसाल

शुक्रबार, २७ बैशाख २०७६, १३ : ०५ मा प्रकाशित

८६ प्रतिशत लाभांश दिने सगरमाथा इन्सुरेन्सको घोषणा, शेयरधनीको हात  पर्ने कहिले ?

अर्थ संसार, काठमाडौं - सगरमाथा इन्सुरेन्सले आफ्ना शेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आव २०७३/७४ र २०७४/७५ को नाफाबाट उक्त बोनस प्रस्ताव गरेको हो । शेयरधनीले उक्त लाभांश कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि मात्र पाउने भएका छन्।  

कम्पनीको बैठकले हाल कायम ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँमा ८६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । 
 
प्रस्तावित बोनस सेयर बिमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । 

5cd526cd297c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको