Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्सुरेन्सले हकप्रद शेयर बिक्री गर्दै , कहिलेदेखि आवेदन दिन पाइने ?

कमला भुसाल

शुक्रबार, २७ बैशाख २०७६, १३ : ४१ मा प्रकाशित

एभरेष्ट इन्सुरेन्सले हकप्रद  शेयर बिक्री गर्दै , कहिलेदेखि आवेदन दिन पाइने ?

अर्थ संसार, काठमाडौं - एभरेष्ट इन्सुरेन्सले जेठ १४ गतेदेखि तीन सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले १ बराबर ३ को अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद निष्कासन र बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । 

 
सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट यसमा आवेदन दिन सकिनेछ । यस्तै, एभरेष्ट इन्सुरेन्स कम्पनी, हात्तिसार काठमाडौं तथा सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।

आस्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन मिल्नेछ । लगानीकर्ताले यो हकप्रदमा असार १६ गतेसम्म दिन सक्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। 

वैशाख ८ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको