Like us!
Follow us!
Connect us!
Watch us!

विदेशीलाई घर भाडामा दिन किन हिचकिचाउछन जापानिजहरु

शुक्रबार, २७ बैशाख २०७६, २१ : २३ मा प्रकाशित

विदेशीलाई घर भाडामा दिन किन हिचकिचाउछन जापानिजहरु

विदेशीहरू लागि जापानमा घर-कोठा पाउन एक कठिन कार्य हो। धेरै जापानी घर धनिहरु विदेशीलागि घर भाडामा दिन एकदमै हिचकिचाउने गरेको पाइन्छ तेसमा पनि आज भोलि त नेपाली हरु भने पछि कोठा दिन नै मान्दैनन ।

विशेष त पछिल्लो समय जापानमा नेपाली को बढ्दो चाप संगै बिभिन्न नराम्रा घटनाहरुमा पनि नेपाली को संलगनता बढेको समाचार आए पछि बढी मात्रमा सोधखोज  गने गरेको  VN स्टार गोतो कम्पनी (फुदोउसान कम्पनी) मा  कार्यरत  हरि वास्तोला भन्नु हुन्छ ।

तेसो त रुम पाएको खण्डमा पनि जापान मा रुम लिन को लागि जापानिज ग्यारेन्टर अर्थात बिदेशी भए पर्मानेन्ट भिजा भएको ग्यारेन्टर अनि  ग्यारेन्टर  कम्पनि हुनुपर्दछ र ग्यारेन्टि बसिदिएको खण्डमा मात्रै रुम लिन सकिन्छ l

धेरैले आफु पढेको कलेजको टिचर काम गर्दै गरेको छ भने कम्पनिले ग्यारेन्टर बसीदिने गरेको पाइन्छ भने पछिल्लो समय टिचर र कम्पनीले पनि ग्यारेन्टर बस्न नमान्दिदा बिदेशीहरुलाइ रूम लिन झन् गारो भएको हो भने केहि तल उल्लेख गरेको  कारणहरु पनि हुन् :

केहि मुख्य कारण हरु 

-जापानिज भाषा राम्रो नहुदा र जापानिजहरुलाई अरु भाषा नआउने र कोठा दिएपछि कम्युनिकेसन गर्न पर्ने  समस्याले गर्दा 

- वर्गीकृत फोहोरहरु समय प्रावधान अनुसार नफालिदिनाले गर्दा ।

- होहल्ला वातावारण  सिर्जना गर्नाले  ।

- घरधनीको अनुमति बिना मनपरी संख्या वृद्धि गर्नाले   ।

- कोठा सर्द(छोड्दा ) सफा नगरी  कोठा छोड्ने गर्नाले  ।

- केही विद्यार्थी समस्याहरुलाई बेवास्ता गर्नाले (जस्तै :स्कुल छोडेर काम मात्रै गर्ने चाहना राखी बिध्यार्थी भिजा मै बस्नाले )।

- आवश्यक प्रक्रियाहरु धेरै हुने भएकाले l


मैले माथि उल्लेखित गरेका कारणहरुलाई हाम्रो मानब जिबनमा हुने सामान्य कुरा मात्रै हुन तर यिनै उल्लेखित  कारणहरुले गर्दा जापान जस्तो विकसित  राष्ट्रमा पनि हामी हैरानी मा परिरहेका हुन्छौ तर यस्तै साना साना कुरा हरु बाट सुधार गर्न सकेमा मात्रै सबै को मन जित्न सकिन्छ र जापान बसाई पनि  सजिलै हुने कुराहरूलाई ध्यानमा राखी हामी आफै बाट सुधार गर्न सके मात्रै अब जापान आउने नेपाली तथा बिदेसी हरु लाइ सहज होला अन्यथा जापान एक ठाउँ बाट आर्को ठाउँ मा सर्न र रुम पाउन पनि अत्यन्त गारो हुदै जाने देखिन्छ आजै बाट जापान बसाई लाई  सुखमय जीवन बनाउन सुरुवात गरौ।

सुरेश घिमिरे ( KOP Company  )
Saitama Japan

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको