Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयर लिलामीमा आउँदै, आवेदन कहिले खुल्ने ?

कमला भुसाल

आइतबार, २९ बैशाख २०७६, ११ : ४७ मा प्रकाशित

मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयर लिलामीमा आउँदै, आवेदन कहिले खुल्ने ?

अर्थ संसार, काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्तले २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । संस्थाले आगामी जेठ ७ गतेदेखि सर्वसाधारण समूहको उक्त सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

संस्थाले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामी गर्न लागेको हो ।

हाल बिक्री गर्न लागेको शेयरमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ । लगानीकर्ताले यस शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले यो लिलामीमा जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको