Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियरले सच्यायो एफपिओ संख्या, ६५९५६५ कित्ता मात्रै जारी गर्ने

शुक्रबार, १४ माघ २०७३, १२ : ५८ मा प्रकाशित

प्रिमियरले सच्यायो एफपिओ संख्या, ६५९५६५ कित्ता मात्रै जारी गर्ने

अर्थ संसार

काठमाडौं–प्रिमियर इन्स्योरेन्सले जारी गर्न लागेको फर्दर पब्किल अफरिङ (एफपिओ) को संख्या सच्याएको छ । प्रिमियरले प्रतिकित्ता १ सय रुपैयाँ मूल्य अंकित ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयर १ हजार ४ रुपैयाँमा जारी गर्ने भन्दै अघिल्लो दिनको सूचना सच्याएको हो ।

यसअघि कम्पनीले ६ लाख ९५ हजार ५ सय ६५ कित्ता एफपिओ निस्कासन गर्न लागेको सूचना जारी गरेको थियो ।प्रिमियरले १  सय रुपैयाँ अंकित सेयरमा ९ सय ४ रुपैयाँ प्रतिकित्ता प्रिमियम थपेर एफपिओ जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले तोकेको मूल्य धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी छ । 

प्रिमियरले संस्थापक लगानीकर्ताको ५१ प्रतिशत र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्न एफपिओ जारी गर्न लागेको हो । कम्पनीले यसै बर्ष २० प्रतिशत बोसन सेयर जारी गरेको थियो । एफपिओसमेत जारी गरेपछि प्रिमियरको चुक्ता पूँजी ४४ करोड ८५ लाख रुपैयाँभन बढी हुने छ । 

यो पनि हेर्नुहोस्

क्यान इन्फोटेकमा पहिलो दिन३४ हजारले गरे अबलोकन

द्वन्द्वका बेला विस्तावित सरकारी बैंक शाखा अझै पुनस्थापना भएनन्, तुरुन्त गर्न सरकारको निर्देशन 

अघि बढ्यो अप्पर नौगड गाढ आयोजना, १७ महिनामै सक्ने लक्ष्य 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको