Like us!
Follow us!
Connect us!
Watch us!

बाह्र सय हेक्टर राष्ट्रिय वन क्षेत्र डढेलोको चपेटामा

कमला भुसाल

मंगलबार, ३१ बैशाख २०७६, १४ : १५ मा प्रकाशित

बाह्र सय हेक्टर राष्ट्रिय वन क्षेत्र डढेलोको चपेटामा

अर्थ संसार, काठमाडौं - कञ्चनपुरको चुरे क्षेत्रमा रहेको करीब एक हजार २०० हेक्टर राष्ट्रिय वन क्षेत्र डढेलोको चपेटामा परेको छ । भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाको उत्तर चुरे क्षेत्रमा गत चैत महीनादेखि डढेलो लागेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
    
भीमदत्त नगरपालिकाको ब्रह्मदेवदेखि बेदकोट नगरपालिकाको बेदकोट क्षेत्रमा पर्ने राष्ट्रिय वनमा लागेको डढेलोका कारण पर्यावरणमा क्षति पुगेको डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर शिवराज अवस्थीले जानकारी दिए। कञ्चनपुरमा ७८ हजार ७९७ हेक्टर कूल वन क्षेत्र रहेको छ । “अहिलेसम्मको तथ्याङ्क हेर्दा सामुदायिक र राष्ट्रिय वनमा गरी करीब एक हजार २०० हेक्टर वनमा डढेलो लागेको देखिन्छ”, रेञ्जर अवस्थीले भने, “वन कर्मचारी र उपभोक्ता डढेलो नियन्त्रणमा खटिएका छन् ।”
    
डढेलो नियन्त्रणका लागि भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र दक्षिण क्षेत्रको बेलौरी नगरपालिकाका केही वडामा डढेलो नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । “भौगोलिक विकटताका कारण पनि गतसाता डढेलो नियन्त्रण बाहिर रह्यो”, उनले भने, “अहिले आगो नियन्त्रणमा आइसकेको छ ।” 

डढेलो नियन्त्रण गर्न सेना, प्रहरीको टोलीसमेत केही दिन चुरे क्षेत्रमा खटिएको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा केही समयअघि लागेको डढेलो नियन्त्रण भइसकेको छ । कञ्चनपुरमा १३९ वटा सामुदायिक वन रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको