Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो

कमला भुसाल

बुधबार, ०१ जेठ २०७६, १० : ३३ मा प्रकाशित

सुनको मूल्य घट्यो

अर्थ संसार, काठमाडौं- साताको चौथो दिन आज बुधबार भने सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज चार सय रुपैयाँले घटेर ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। 

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि चार सय रुपैयाँले घटेर ६० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ।  मंगलबार तेजाबी सुन प्रतितोला ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५१ हजार नौं सय ५५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५१ हजार सात सय रुपैयाँ कायम गरेको छ।  

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेर सात सय २५ रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५० पैसा कायम गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको