Like us!
Follow us!
Connect us!
Watch us!

उच्च लाभांश बाँडेको शिखर इन्स्योरेन्सले कति गर्यो नाफा

शुक्रबार, १४ माघ २०७३, १४ : ५२ मा प्रकाशित

उच्च लाभांश बाँडेको शिखर इन्स्योरेन्सले कति गर्यो नाफा

अर्थ संसार

काठमाडौं–सेयरधनीलाई उच्च प्रतिफल दिँदै आएको शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा अघिल्लो बर्षको तुलनामा ७८ प्रतिशतले बढाएर १८ करोड १ लाख रुपैंया पुर्याएको वित्तीय विवरण सार्बजनिक गरेको छ ।

शिखरले गत आर्थिक बर्षको यसै अबधिमा १० करोड ११ लाख रुपैंया खुद नाफा गरेको थियो । यसरी हेर्दा शिखरको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ पुगेको छ । 

अघिल्लो बर्षको तुलनामा चुक्ता पूँजी दोब्बरले बढाएको छ । शिखरको चुक्ता पूँजी ८१ करोड ७६ लाख ३८ हजार रुपैंया छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर बितरण गरेको थियो ।

बोसनमा केही रकम खर्चिएपछि शिखरको जगेडा कोष भने ४५ करोड ६० लाख रुपैंयाबाट घटेर २० करोड ३२ लाख रुपैंयामा सीमित भएको छ । 

यो पनि हेर्नुहोस्

अघि बढ्यो अप्पर नौगड गाढ आयोजना, १७ महिनामै सक्ने लक्ष्य 

विकास सम्बन्धी सबै प्रकारका डाटा अब एउटै वेबसाइटमा

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको