Like us!
Follow us!
Connect us!
Watch us!

गाउँमै पुगेर नागरिकता र सीमा पास वितरण

कमला भुसाल

विहीबार, ०२ जेठ २०७६, ११ : ३५ मा प्रकाशित

गाउँमै पुगेर नागरिकता र सीमा पास वितरण

अर्थ संसार, हुम्ला- दुर्गम हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको दुर्गम नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्बाङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिकरूपमा विकट भए पनि प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसहितको टोलीले उक्त गाउँपालिकामा एकीकृत घुम्ती शिविरमा सञ्चालन गरी चार हजार ३८ नागरिकलाई सेवा प्रदान गरेको हो । 
 
सदरमुकाम सिमकोटबाट एक दिनको पैदल लाग्ने नाम्खा गाउँपालिकाको याल्वाङमा एकीकृत घुम्ती शिविर दुई दिनसम्म सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। शिविरमा ४५ लाई नयाँ नागरिकता, २४ लाई नागरिकताको प्रतिलिपि, दुईलाई नाबालक परिचयपत्र, आठलाई जनजाति सिफारिस, २०३ लाई नयाँ सीमा पास, २०१ को सीमा पास नवीकरण गएिको उहाँले जानकारी दिए । 

यस्तै शिविरमा ५० को फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो । शिविरमा रु पाँच हजार ९१५ को हुलाक टिकट बिक्री गरिएको उहाँले बताए । हरेक वर्ष जनताको घरदैलोमै गएर सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको प्रजिअ ढकालले बताए । शिविरबाट प्रत्यक्षरूपमा नाबालकदेखि ६५ वर्षभन्दा माथिका नागरिक लाभान्वित भएको उहाँले जानकारी दिए । शिविर सञ्चालनका लागि प्रजिअ ढकाल, निर्वाचन कार्यालय हुम्लाका प्रमुखलगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
 
एक दिन हिँडेर नागरिकता र सीमा पास नवीकरण गर्न आउने समस्या समाधान भएको भन्दै त्यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । गाउँमै पुगेर सीमा पास र नागरिकता वितरण गर्दा उत्तरी नाम्खा गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । यतिबेला उत्तरी नाम्खा गाउँपालिकाका नागरिक छिमेकी राष्ट्र चीनमा काम तथा व्यापारको सिलसिलामा चीन जाने गर्दछन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको