अर्थ संसार, काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्तले सर्वसाधारण समूहको २ लाख ९ हजार ६४९ कित्ता शेयर आज (मंगलबार) देखि लिलामी खुला गरेको छ । यस शेयरमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। उक्त शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
कम्पनीले यस अघि गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामी गर्न लागिएको हो ।लगानीकर्ताले यसमा जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस