अर्थ संसार, काठमाडौं - यहि मिति २०७६/०२/०६ गते का दिन नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच e-Examination सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अनुसार NBI ले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी online exam लिने भएको छ । यस सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्न का साथै उनिहरुबिच बैंकिग ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा गरिएको छ ।
यस सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापा ले हस्ताक्षर गर्नु भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस