अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले जेठ ८ गते अर्थात बुधबारका लागि एक अमेरीकी डलरको खरिददर १११ रुपैयाँ २४ पैसा कायम गरेको छ । यसैगरी बिक्रीदर १११ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबार एक अमेरीकी डलरको खरिददर १११ रुपैयाँ २८ पैसा र बिक्रीदर १११ रुपैयाँ ८८ पैसा रहेको छ ।
त्यस्तै बुधबारका लागि एक युरोको खरिददर १२३ रुपैयाँ ९९ पैसा कायम गरेको छ भने बिक्रिदर १२४ रुपैयाँ ६६ पैसा रहेको छ । मंगलबार एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा रहेको थियो।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २० पैसा र बिक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ । मंगलबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५८ पैसा रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस