Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् प्राधिकरणको भवन निर्माणका लागि निःशुल्क जग्गा

कमला भुसाल

बुधबार, ०८ जेठ २०७६, १४ : ३६ मा प्रकाशित

विद्युत् प्राधिकरणको भवन निर्माणका लागि निःशुल्क जग्गा

अर्थ संसार, काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि गलकोट नगरपालिका–४ का एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरेका छन् । स्थानीय चूडामणि शर्माले वडा नं २ नरेठाँटीमा रहेको झण्डै रु डेढ करोड बजारको दुई रोपनी जग्गा प्राधिकरणलाई प्रदान गरेका हुन् ।

उनले जग्गाको नामसारी दिई लालपुर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई हस्तान्तरण गरे। “शाखा कार्यालय बनाउन जग्गा अभाव भएपछि निःशुल्क दिने निर्णय लिएँ, समयमै भवन निर्माणको काम अघि बढ्ने विश्वास छ”, उनले बताए । भवन निर्माणका लागि केन्द्रबाट बजेट व्यवस्थापनका लागि पहल गरिने केन्द्रका प्रमुख पाण्डेले बताए ।

जग्गा व्यवस्थापनका लागि वडाध्यक्ष बलबहादुर खत्रीलगायतले पहल गर्नुभएको थियो । गलकोट नगरपालिका र आसपासका क्षेत्रमा विद्युत् प्राधिकरणको कुनै प्रशासनिक एकाइ नहुँदा हरेक कामका लागि सदरमुकाम आउनुपर्ने बाध्यता छ । शाखा कार्यालय स्थापना भएपछि प्राधिकरणको दैनिक सेवा प्रवाहदेखि अन्य सुविधा गाउँ तहसम्म विस्तार हुने बताइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको