Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेडमार्कको समस्यामा जापानी दूतावासकोे चासो

कमला भुसाल

बुधबार, ०८ जेठ २०७६, १६ : २७ मा प्रकाशित

ट्रेडमार्कको समस्यामा जापानी दूतावासकोे चासो

अर्थ संसार, काठमाडौं– नेपालका लागि जापानी राजदूत मासामिची साइगोले विरगञ्जस्थित बहुराष्ट्रिय कम्पनि केएनपी जापान प्रालिको स्थलगत अवलोकन गरेका छन् । राजदूत मासामिचीले उद्योगको उत्पादनको अवस्था र आगामी योजनाहरुका बारेमा जानकारी लिएको कम्पनीले बताएको छ ।  

जापान, भारत र नेपालका लगानीकर्ताको साझेदारी रहेको सो उद्योगले नेपालको पेन्ट बजारमा गरेको प्रगतिको राजदूत साइगोले प्रसंशा गरेका छन् ।  कम्पनीका निर्देशक अशोककुमार वैदले नेपालमा पेन्ट उद्योगको सम्भाव्यता राम्रो भए पनि बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको यो उद्योगले ट्रेडमार्कको समस्या झेल्दै आउनु परेको बताए ।  

राजदूत साइगोले उद्योगले भोगिरहेको ट्रेडमार्कको समस्याको समाधानका बारेमा जापानी दूतावासले पहल गरिरहेको बताए ।  समस्याले निकास नपाएसम्म यो प्रयासलाई निरन्तर जारी राख्ने आश्वासन पनि उनले दिनुभयो।  

जापानी दूतावासका प्रथम सचिव ताकासी मियाताको समेत सहभागिता रहेको अवलोकनका क्रममा उद्योगका प्रबन्धक अजय गौडले उत्पादनका विविध पक्षका बारेमा जानकारी दिए । यसअघि पूर्व जापानी राजदूत मासासी ओगावाले पनि सो उद्योगको २ पटक स्थलगत अवलोकन गरेका थिए ।  उद्योगले सन् २०१२ देखि नेपालमा उत्पादन थालेको हो ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको