अर्थ संसार,काठमाडौं- नेपाल राष्ट्र बैंकले जेठ ९ गते अर्थात विहीबारका लागि अमेरीकी एक डलरको खरिददर एक सय ११ रुपैयाँ १६ पैसा कायम गरेको छ भने बिक्रीदर एक सय ११ रुपैयाँ ७६ पैसा कायम गरेको छ। बुधबार एक अमेरीकी डलरको खरिददर एक ११ रुपैयाँ २४ पैसा र बिक्रीदर एक ११ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।
त्यस्तै विहिबारका लागि एक यूरोपियन युरोको खरिददर एक सय २४ रुपैयाँ ११ पैसा कायम गरेको छ भने बिक्रीदर एक सय २४ रुपैयाँ ७८ पैसा कायम गरेको छ। बुधबार एक युरोको खरिददर १२३ रुपैयाँ ९९ पैसा र बिक्रिदर १२४ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो।
त्यसैगरी आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर एक सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ३७ पैसा रहेको छ। बुधबार खरिददर १४१ रुपैयाँ २० पैसा र बिक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस