Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको शेयरमूल्य समायोजन पछि कतिमा खुल्यो कारोबार ?

कमला भुसाल

विहीबार, ०९ जेठ २०७६, १२ : ४० मा प्रकाशित

प्राइम बैंकको शेयरमूल्य समायोजन पछि कतिमा खुल्यो कारोबार ?

अर्थ संसार, काठमाडौं- प्राइम कमर्सियल बैंकको नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले १६ प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता ३१८ रुपैयाँ ९७ पैसालाई आधार मानेर बिहिबार बैंकको शेयर कारोबार खुलेको छ। समायोजन पश्चात बैंकको शेयरमूल्य बढेर ३२० रुपैयाँ पुगेको छ ।

बैंकले गत आवको मुनाफाबाट बोनस वितरण गर्न बिहीबार बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो। नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधार मूल्य ३६७ रुपैयाँ ४१ पैसा कायम भएको छ।

हाल बैंकको चुक्त पूँजी ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ छ बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको