Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत कम्पनीलाई आईपिओ निष्काशन गर्न नयाँ व्यवस्था लागु (सूचनासहित)

कमला भुसाल

विहीबार, ०९ जेठ २०७६, १२ : ५३ मा प्रकाशित

जलविद्युत कम्पनीलाई आईपिओ निष्काशन गर्न  नयाँ व्यवस्था लागु (सूचनासहित)

अर्थ संसार, काठमाडौं- अबदेखि जलविद्युत् कम्पनीले सार्वजनिक शेयर निष्काशन गर्दा विद्युत नियमन आयोगको अनिवार्य अनुमति लिनुपर्ने भएको छ। धितोपत्र बोर्डले एक सुचना जारी गर्दै आइपीओ जारी गर्न बोर्डमा आवेदन दिने या यसअघि निवेदन दिएका कम्पनीलाई समेत विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था ल्याएको जनाएको हो ।

धितोपत्र बोर्डले बुधबार जारी गरेको उक्त सूचनामा विद्युत नियमन आयोग ऐन तथा नियमावली कार्यान्वयनमा ल्याइसकेको जानकारी गराउँदै आईपिओ निष्काशनका लागि अबदेखि सबै जलविद्युत् कम्पनीले आयोगबाट पूर्व स्वीकृति लिनुपर्ने जनाएको हो।

हालसम्म विद्युत क्षेत्रमा प्रत्यक्ष नियमन निकायको अभाव भइरहेकोमा नेपाल सरकारले विद्युत नियमन आयोग ऐन, २०७४ र सो सम्बन्धी विद्युत नियमन आयोग नियमावली, २०७५ कार्यान्वयनमा ल्याइसकेको छ।

विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ अनुसार विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न अनुमति प्राप्त कम्पनी वा संस्थाले सार्वजनिक रुपमा शेयर निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको बोर्डले जनाएको छ।

5ce6481b8648b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको