Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति

कमला भुसाल

विहीबार, ०९ जेठ २०७६, १५ : ०७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति

अर्थ संसार, काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। धितोपत्र बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो। उक्त ऋणपत्र बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने बैंकले जनाएको छ ।

बोर्डको अनुमतिपश्चात बैंकले यस ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदरमा  प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने (इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ ।
 
बैंकले ‘१०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको