अर्थ संसार, काठमाडौं- साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। बिहिबार तेजाबी सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले बढेको हो।
महासंघले शुक्रबारका लागि प्रति १० ग्राम छापवाला सुनको मूल्य ५१ हजार १८५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ९३० रुपैयाँ कायम गरेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासंघले प्रति १० ग्राम चाँदीको मूल्य ६०९ रुपैयाँ कायम गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस