Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, बुक क्लोज कहिले ?

कमला भुसाल

आइतबार, १२ जेठ २०७६, ११ : ०६ मा प्रकाशित

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका,  बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं- रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आइतबार (जेठ १२ गते) अन्तिम अवसर हो । कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारण सभा एकैपटक जेठ २७ गते बोलाएको छ । साधारण सभा प्रयोजनका लागि रिलायन्सले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गर्दैछ ।

यसर्थ जेठ १२ गते आइतबारसम्म कायम सेयरधनीले मात्र यो लाभांश सुरक्षित गर्न सक्नेछन् । साधारण सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । रिलायन्सले आव २०७३।७४ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । 
 
यसैगरी, आव २०७४/७५ को लाभांश वापत १२ प्रतिशत बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको कुल २.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । रिलायन्सले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभामा लैजानेछ ।
 
यता, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको