Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि अनलाईनबाटै शेयर खरिदको भूक्तानी

कमला भुसाल

आइतबार, १२ जेठ २०७६, ११ : ५६ मा प्रकाशित

आजदेखि अनलाईनबाटै शेयर खरिदको भूक्तानी

अर्थ संसार, काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाईन कारोबार प्रणाली मार्फत सेयर खरिद गर्दा अब लगानीकर्ताले आफ्नै खाताबाटै गर्न सक्ने भएका छन् ।

नेपाल क्लियरिङ हाउसको ‘कनेक्ट आइपीएस’ मा हाल आवद्ध ४८ बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका लगानीकर्ताले अनलाइनबाटै भुक्तानी गर्न सक्ने भएका हुन् । यो संख्यामा छिट्टै ७ संस्था थपिने भएका छन् भने अन्यलाई पनि क्रमश थप गर्दै जाने तयारी नेप्सेको छ ।

पहिलो चरणमा ब्रोकर कार्यालय नगइ लगानीकर्ताले खरिद गरेको शेयरको भुक्तानी अनलाइन प्रणालीबाट मार्फत घर वा अफिममा नै बसेर ब्रोकर कम्पनीहरुलाई भूक्तानी गर्न सक्नेछन्। लगानीकर्ताले ब्रोकर मार्फत बिक्री गरेको शेयरको भूक्तानी पाउन भने दोस्रो चरणसम्म पर्खनुपर्ने क्लियरिङ हाउसले जनाएको छ ।

लगानीकर्ताले ब्रोकरलाई शेयर कारोबारको रकम भुक्तानी एक पटकमा प्रतिकारोबार एक लाख मात्र भुक्तानी गर्न सक्नेछन् । सो भन्दा धेरै रकम भुक्तानी गर्नुपर्नेमा पटक पटक गरेर भूक्तानी गर्नुपर्ने हुन्छ। कुनै एक बैंक एक खाताबाट प्रतिमहिना १० लाखसम्मको कारोबार गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको