अर्थ संसार,काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको दुई लाख नौं हजार ६४९ कित्ता शेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन रहेको छ ।
यस शेयरमा लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ ।यस लिलामीमा लगानीकर्ताले जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ । 
संस्थाले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामी गर्न लागिएको हो ।
लगानीकर्ताले  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । साथै ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस