Like us!
Follow us!
Connect us!
Watch us!

तीन स्थानमा देखिए शङ्कास्पद वस्तु

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, १० : २६ मा प्रकाशित

तीन स्थानमा देखिए शङ्कास्पद वस्तु

अर्थ संसार, काठमाडौं- पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए ।

ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । यसैबीच, नेत्रविक्रम चन्द(विप्लव) समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको