Like us!
Follow us!
Connect us!
Watch us!

'गलबन्दी' ट्रेन्डिङ ६ मा प्रवेश, 'बोल माया' टीमलाई कमेन्टको वर्षा

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, ११ : ५४ मा प्रकाशित

कमला भुसाल 

अर्थ संसार,काठमाडौं- गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारले 'बोल मया' बजारमा सार्बजनिक भएको एक वर्षमा फेरी नयाँ गीत 'गलबन्दी' सार्वजनिक गरेका छन् । सधैं नेपाली समाजको वास्तविकता र सामाजिक यथार्थमा आधारित र फरक धारको सृजनामा विशेष भुमिका रहेको यो गित पनि त्येती नै उत्कृष्ट छ। 

बहु प्रतिभाका धनी कलाकार प्रकाश सपुतकै शब्द सङ्गितमा बनेको उक्त गित 'गलबन्दी' को कथा 'बोल माया'कै आधारमा बनाइएको छ।  यस  गीतमा प्रकाश सपुत र मोडल अञ्जली अधिकारीसहितले अभिनय गरेका छन् । परम्परागत रूपमा गाउँका विषयवस्तु गीतमा समावेश भएको छ । भिडियोको छायांकन करन चैसिरले गरेका छन् भने गीतमा शब्द, संगीत, निर्देशन र प्रकाश सपुतकै रहेको छ।  भिडियो सम्पादन प्रबिन भट्टले गरेका छन्।

सपुतको युट्युवमार्फत सार्वजनिक भएको गीत गत वर्ष सार्वजनिक भएको गीत 'बोल माया'को  सिक्वलका रूपमा लिएको छ ।  शनिबास साँझ प्रकाश सपुतको युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीत अहिलेसम्म ७ लाख २७ हजार २०० जनाले हेरिसकेका छन् । भने दर्शकबाट राम्रो प्रतिक्रिया पाएका छन्। 

हजारौँ दर्शकको मन जितेको यस गीत र कलाकारलाई दर्शक युवराज शर्माले भने 'अति उत्कृष्ट मौलिक गीत,जस्तो खालको लोक गित लाई पनि इज्जत गर्न सक्ने प्रकाश सपूत दाइ लाई हार्दिक सम्मान छ 
अब खान्छ यो गीत ले पनि सुरुदेखी अन्तिम सम्म आँखा न झिम्काइ हेरे मैले ' त्यस्तै धेरै दर्शकले यो टीमलाई राम्रो प्रतिक्रिया दिएका छन्।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको