Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण पेश

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, १३ : ०२ मा प्रकाशित

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण  पेश

अर्थ संसार, काठमाडौं - अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक बर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षण संसदमा पेश गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री खतिवडाले चालु आर्थिक बर्षमा आर्थिक सुचकहरु उत्साजनक रहेको, स्थानीय तहबाट विकासगतिविध अघि बढेको र गरिवी घटेको बताएका छन् । सर्वेक्षणले उच्च आर्थिक वृद्धि सामजीक र पुर्वाधारमा भएको लगानी, व्रिपेषणमा बढेको गरीवी घटदै गएको देखाएको छ । गरिवी १८ दशमल ७ मा झरेको छ।

सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हालिस हुने बताएका छन् । यता, मूल्य वृद्धि भने औसतमा ४.२ प्रतिशत सीमित हुने पनि उनले संसद्लाई जानकारी गराए ।आर्थिक क्रियालामा भएको बढ्दोतरीले प्रतिव्याक्ती आम्दानी र बचत गर्ने क्षेमता  बढेको छ । आन्तरीक बचतले  नाघेको पुजी निर्माणमा उल्लेख्य योगदान पुगेको अर्थमन्त्री खतिवडाले सदन समक्ष जानकारी दिए ।

यसै गरी सर्वेक्षणले उच्च व्यापर घाटा कायमै रहेको र सोधान्तर स्थिति विदेशी विनियम संचीतिमा चाप बढेको छ ।  प्रति व्याक्ती आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ । प्रति व्याक्ती बार्षिक खर्च खर्च १ लाख ७० हजार पुग्ने अनुमान छ । यस बर्ष नीति गत एव कानुनी सुधारलेले पुजी लगानीका लागि मार्ग प्रस्तत् हुँदै गएको छ । १ खर्ब ७ अर्व बैदेशिक सहयोग प्रतिवद्धता प्राप्त भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको