Like us!
Follow us!
Connect us!
Watch us!

आठ बालबालिकालाई ‘लिटिल मिष्टर एण्ड मिस २०१९’ उपाधि

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, १४ : ४७ मा प्रकाशित

आठ बालबालिकालाई ‘लिटिल मिष्टर एण्ड मिस २०१९’ उपाधि

अर्थ संसार,काठमाडौं – ‘लिटिल मिष्टर एण्ड मिस २०१९’मा आठ बिजेता छानिएका छन् । एक्सपोज नेपालले बालबालिकाको ब्यक्तित्व विकास, क्षमता अभिबृद्धी गर्ने उद्देश्यले उक्त प्रतियोगिताको  आयोजना गरेको हो ।

प्रतियोगितामा विभिन्न उमेर समुह गरेर मोक्क्षा अधिकारी, अब्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुसल न्यौपाने, करिष्मा सुवेदी, बिपुल श्रेष्ठ नामका बिजेता चुनिएका हुन् ।  शनिबार आयोजित उक्त प्रतियोगीतामा सबै बिजेताले शिर्ष उपाधिको साथमा बिभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गरे ।

चुनिएका सबै विजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘ लिटिल मिष्टर एण्ड मिस युनिभर्सल २०१९’ सहभागीता जनाउने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । 

प्रतियोगितामा पुर्व मिस नेपाल सुगारिका केसी, मिष्टर नेपाल २०१८ बिकल्प राज श्रेष्ठ, मिस राजधानी २०१७ सर्मिला सापकोटा र प्रविना श्रेष्ठ लगायत निर्णायक रहेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको