Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न नसक्नुको कारण यस्तो छ

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, १६ : ३९ मा प्रकाशित

नेपाल बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न नसक्नुको कारण यस्तो छ

अर्थ संसार, काठमाडौं-  नेपाल बैंकले आगामी आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने बैंकका अध्यक्ष वाशुदेव अधिकारीले हालै सम्पन्न ५९ औं वार्षिक साधारणसभामा बताएका हुन् ।

उनले सेयरधनीले उठाएको प्रश्नको जवाफ दिदै वित्तीय अवस्थाका आधारमा नियमनकारी निकायको स्वीकृतिमा आगामी वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

गत आर्थिक वर्षदेखि सञ्चित नोक्सानबाट बैंक नाफामा गएको हो । नेपाल लेखामान स्तर (एनएफआरएस) ले थप ४३ करोड रुपैयाँ दायित्व र अवकासपछि दिनुपर्ने पेन्सन रकम व्यवस्थापन गर्नुपर्दा सेयरधनीलाई लाभांश वितरण गर्न नसकेको बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको