Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको प्रभावित लमजङुका बासिन्दाका लागि साधारण सेयर आजदेखि

सोमबार, १७ माघ २०७३, १२ : ११ मा प्रकाशित

हिमालयन पावर पार्टनरको प्रभावित लमजङुका बासिन्दाका लागि साधारण सेयर आजदेखि

अर्थ संसार

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेलगायतका प्रतिष्ठित ब्यक्तिहरु प्रबर्धक रेहेको हिमालयन पावर पार्टनर लिमिटेडले आज (सोमबार) देखि आयोजना प्रभावित बासिन्दाहरुका लागि १० लाख ६५ हजार ४ सय १७ कित्ता साधारण सेयर निस्कासन गरेको  छ । 

कम्पनीले १ सय रुपैँया मूल्य अंकित १० लाख ६५ हजार ४ सय १७ कित्ता सेयर निष्काशन गर्ने आह्वानपत्र जारी गरेको छ । स्थानीयका लागि वितरण गर्न लागिएको सेयरमा लमजुुङ्गका आयोजना प्रभावित चिती, ढोडेनी, बन्सर,नौथर, श्रीमञ्ज्याङ्ग, अर्चलबोटसहित ६ वटा गाबिसका बासिन्दाले ५ लाख ३२ हजार ७ सय ८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

जिल्लाका अरु गाबिसका बासिन्दालाई भने ५ लाख ३२ हजार ७ सय ९ कित्ता छुट्याइएको छ । हिमालयन पावरको विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल छ । उक्त कम्पनीले सेयरमा  फागुन २ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ ।

उक्त समयमा सेयर विक्री नभए फागुन १७ गतेसम्म आवेदन खुल्ला रहने छ ।  हिमालयन पावर पार्टनरले दोर्दी खोलामा २७ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर पूँजी ७४ करोड ५७ लाख ९२ हजार रुपैँया छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको